कृष्णभिरको पहिरो समस्या समाधान गर्न सुरुङ वा भायोडक्ट निर्माणको अध्ययन सुरु
- गाउँ सहर संवाददाता
- ५ असोज सोमबार, २०८३ | १२:५४:०० मा प्रकाशित
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा वर्षौंदेखि देखिँदै आएको पहिरो तथा सडक अवरोधको समस्या समाधान गर्न सरकारले दीर्घकालीन योजना अघि बढाएको छ। सडक विभागले कृष्णभिरको जोखिम घटाउन सुरुङमार्ग वा भायोडक्ट निर्माण गर्ने दुई विकल्पमा प्राविधिक अध्ययन सुरु गरेको हो।
सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा कृष्णभिरको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन भइरहेको जानकारी दिए।
उनका अनुसार कृष्णभिर क्षेत्रमा पहाडभित्रबाट सुरुङ निर्माण गर्ने वा पहिरोको जोखिम रहेको भागलाई छलेर अगाडितर्फ पिल्लरमाथि पुलजस्तो संरचना अर्थात् भायोडक्ट निर्माण गरी सडक सञ्चालन गर्ने विकल्पमाथि अध्ययन भइरहेको छ।
विभागले प्राविधिक अध्ययन सुरु गरिसकेको र करिब दुई महिनाभित्र अध्ययन प्रतिवेदन तयार हुने जनाएको छ। प्रतिवेदनका आधारमा उपयुक्त विकल्प छनोट गरी निर्माण प्रक्रिया अघि बढाइनेछ।
प्राविधिक प्रतिवेदन प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी ठेक्का आह्वान गरेर निर्माण कार्य अघि बढाउने तयारी सडक विभागको छ।
पृथ्वी राजमार्गको महत्वपूर्ण खण्डका रूपमा रहेको कृष्णभिरमा पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनले लामो समयसम्म सास्ती बेहोर्दै आएका छन्। दीर्घकालीन समाधानका लागि सुरुङ वा भायोडक्ट निर्माण भएमा यस क्षेत्रमा हुने सडक अवरोध र यातायातमा पर्ने जोखिम कम हुने अपेक्षा गरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
प्रतिकृया दिनुहोस