नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड विश्वकप २०२६ को सेमिफाइनलमा
- गाउँ सहर संवाददाता
- २८ असार आइतबार, २०८३ | ०६:४८:०० मा प्रकाशित
काठमाडौं । जुड बेलिंघमकाे दुई गोल मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड ८ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो पटक क्वार्टरफाइनलमा पुगेको नर्वेले सुरुआती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । नर्वेले त्यसलाई जोगाउन सकेन । त्यसको ११ मिनेटपछि पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डका जुड बेलिंघमले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ।
त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्यो ।
इंग्ल्यान्ड अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।
इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो ।
खेलपछि इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले आज आफूहरु भाग्यमानी भएको बताएका छन् । उनले टोलीको प्रदर्शनबाट खुसी नभएको उल्लेख गरे ।
यो खेलमा दुई गोल गरेका जुड बेलिंघमको उच्च मनोबल र दृढताले टोलीलाई सेमिफाइनलमा पुर्याएको सुनाए । उनले भने, ‘खेलमा हाम्रा योजनाहरूले काम नगर्दा पनि हामीले आफ्नो तर्फबाट सबै थोक दियौं। मलाई टोलीप्रति निकै गर्व छ। यो जित सबैको हो। यसमा सम्पूर्ण देशको जित भएको छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस