आज भाइटीकाको दिन काठमाडौं र भक्तपुरमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
- गाउँ सहर संवाददाता
- २५ कार्तिक बुधबार, २०८३ | ०८:३२:०० मा प्रकाशित
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले तिहारको भाइटीकाको दिन आज काठमाडौं उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि तीनवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं र भक्तपुरमा सञ्चालन गर्ने निःशुल्क बस सेवा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाएको छ ।
काठमाडौं उपत्यकामा सञ्चालन गरिने बसमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा प्रदान गर्नेछ ।
यसैगरी, प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।
यस्तै, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिनेछ ।
दसैँको समयमा समेत सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भीमफेदी दुर्घटनामा १० जनाको मृत्यु भएको घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त
- काठमाडौँका १७ स्थानमा छठ पूजाको तयारी तीव्र
- मकवानपुरमा इभी गाडी दुर्घटना: दशको मृत्यु, पाँच जना घाइते
- चर्को आवाजविरुद्ध कडा कदम, अनावश्यक ध्वनि आतंकबाट मुक्ति कहिले?
- भाइटीकाको दिन वर्षा गराउने प्रणाली कमजोर हुँदै, बिहीबारदेखि मौसममा सुधार हुने
- फाल्गुनन्दको मार्गदर्शनले समाजलाई एकताबद्ध बनाएको राष्ट्रपति पौडेलको भनाइ
- प्रधानमन्त्री शाहको भाइटीकाको शुभकामना : प्रेम, सद्भाव र एकता बलियो बनाउने पर्व
- भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे, बालगोपालेश्वर मन्दिर खुला
- तिहारमा ८० प्रतिशत विदेशी सामानको भर, स्वदेशी उत्पादनको हिस्सा २० प्रतिशतभन्दा कम
- सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य
प्रतिकृया दिनुहोस