गाउँ सहर

फाल्गुनन्दको मार्गदर्शनले समाजलाई एकताबद्ध बनाएको राष्ट्रपति पौडेलको भनाइ

नोट: यो ऐतिहासिक वास्तविक तस्बिर नभई सिर्जना गरिएको चित्र हो।

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गनिर्देशनले नेपाली समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक कुरीति र रूढीवादको अन्त्य तथा धर्म, भाषा, लिपि र संस्कृतिको संरक्षणमा फाल्गुनन्दले पुर्‍याएको योगदानको स्मरण गरेका छन्।

उनले फाल्गुनन्दको विचार र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउन प्रेरणा दिएको उल्लेख गरेका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत