भाइटीकाको दिन वर्षा गराउने प्रणाली कमजोर हुँदै, बिहीबारदेखि मौसममा सुधार हुने
- गाउँ सहर संवाददाता
- २५ कार्तिक बुधबार, २०८३ | १८:११:०० मा प्रकाशित
काठमाडौँ। भाइटीकाका दिन देशका विभिन्न स्थानमा वर्षा, असिना र हिमपात गराएको मौसमी प्रणाली कमजोर हुँदै जाने भएकाले बिहीबारदेखि देशभरको मौसममा क्रमशः सुधार हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
बुधबार बिहानसम्म घाम लागेको काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मध्याह्नपछि वर्षा र असिना परेको थियो। विभागका अनुसार काठमाडौँमा मात्रै ३१.२ मिलिमिटरसम्म वर्षा मापन भएको छ। अचानक परेको वर्षाका कारण भाइटीका लगाउन जाने र टीका लगाएर फर्किनेहरू बाटोमै केही समय रोकिन बाध्य भएका थिए।
मौसमविद्हरूका अनुसार माथिल्लो वायुमण्डलमा रहेको चिसो पश्चिमी वायु र स्थानीय वायु प्रणालीबीचको अन्तरक्रियाका कारण वर्षा, असिना तथा हिमपात भएको हो। मनसुनपछि जमिन तातिँदा स्थानीय वायुमण्डलमा जलवाष्प थपिने र पश्चिमी वायुसँग मिसिँदा वर्षा गराउने अवस्था बनेको उनीहरूको भनाइ छ।
तर, वर्षा गराउने अन्य शक्तिशाली मौसमी प्रणाली सक्रिय नरहेकाले यसको प्रभाव लामो समयसम्म नटिक्ने मौसमविद्हरूले बताएका छन्। बुधबार रातिदेखि नै वर्षा गराउने प्रणाली कमजोर हुँदै जाने र बिहीबारदेखि मौसममा सुधार आउने विभागको पूर्वानुमान छ।
मौसम क्रमशः सफा हुँदै जाने भएकाले बिहीबारदेखि बाली भित्र्याउनेलगायतका कृषि कार्यका लागि पनि अनुकूल वातावरण बन्ने विभागले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चर्को आवाजविरुद्ध कडा कदम, अनावश्यक ध्वनि आतंकबाट मुक्ति कहिले?
- फाल्गुनन्दको मार्गदर्शनले समाजलाई एकताबद्ध बनाएको राष्ट्रपति पौडेलको भनाइ
- प्रधानमन्त्री शाहको भाइटीकाको शुभकामना : प्रेम, सद्भाव र एकता बलियो बनाउने पर्व
- आज भाइटीकाको दिन काठमाडौं र भक्तपुरमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
- भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे, बालगोपालेश्वर मन्दिर खुला
- तिहारमा ८० प्रतिशत विदेशी सामानको भर, स्वदेशी उत्पादनको हिस्सा २० प्रतिशतभन्दा कम
- सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य
- भाइटीकाको दिन यस्तो छ मौसम, कहाँ पर्छ पानी?
- छठ मनाउन सर्लाही जाँदै कांग्रेस सभापति गगन थापा
- नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा आज भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्याली
प्रतिकृया दिनुहोस