गाउँ सहर
मकवानपुरमा इभी गाडी दुर्घटना: दशको मृत्यु, पाँच जना घाइते
- गाउँ सहर संवाददाता
- २६ कार्तिक बिहीबार, २०८३ | ०८:५७:०० मा प्रकाशित
हेटौँडा । आज बिहान ५ः४५ बजेतिर मकवानपुरको भीमफेदी–६ चिसपानी गढीस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्डमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट सर्लाही आइरहेको म.प्र.०३–००१ ज ०८८० नम्बरको यात्रु बाहक इभी हाइस सडकबाट अन्दाजी ५ सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।
प्रारम्भिक जानकारीमा ५ पुरुष, ३ महिला र २ बालबालिकासहित १० जनाको मृत्यु भएको मकवानपुरका डिएसपी माधव प्रसाद काफ्लेले बताए ।
दुर्घटनास्थलबाट २ बालक र १ पुरुषलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ । सर्लाही, चक्रघट्टा–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादवको उपचार भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडौँका १७ स्थानमा छठ पूजाको तयारी तीव्र
- चर्को आवाजविरुद्ध कडा कदम, अनावश्यक ध्वनि आतंकबाट मुक्ति कहिले?
- भाइटीकाको दिन वर्षा गराउने प्रणाली कमजोर हुँदै, बिहीबारदेखि मौसममा सुधार हुने
- फाल्गुनन्दको मार्गदर्शनले समाजलाई एकताबद्ध बनाएको राष्ट्रपति पौडेलको भनाइ
- प्रधानमन्त्री शाहको भाइटीकाको शुभकामना : प्रेम, सद्भाव र एकता बलियो बनाउने पर्व
- आज भाइटीकाको दिन काठमाडौं र भक्तपुरमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
- भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे, बालगोपालेश्वर मन्दिर खुला
- तिहारमा ८० प्रतिशत विदेशी सामानको भर, स्वदेशी उत्पादनको हिस्सा २० प्रतिशतभन्दा कम
- सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य
- भाइटीकाको दिन यस्तो छ मौसम, कहाँ पर्छ पानी?
प्रतिकृया दिनुहोस