सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगरसँग हार्दै पोखरा एनपीएलकाे प्लेफअफ दाैडबाट बाहिरियो
- गाउँ सहर संवाददाता
- २६ कार्तिक बिहीबार, २०८३ | १६:४४:०० मा प्रकाशित
काठमाडौं । विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएपछि पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। जारी एनपिएलमा प्लेअफ दौडबाट बाहिरिने पोखरा पहिलो टोली हो। लिग चरणमा एक खेलमा मात्र जित निकालेको पोखरा ५ खेलमा पराजित भएपछि लिग चरणबाटै बाहिरिएको हो।
पोखराले लिग चरणको आफ्नो अन्तिम खेल काठमाडौँ गोर्खाजविरुद्ध खेल्नेछ । पोखराले सो खेलमा जित निकालेपनि प्लेअफमा पुग्न पर्याप्त हुनेछैन। एनपिएलमा अहिलेसम्म प्लेअफ पुग्न नसकेको पोखरा एक मात्र टोली हो।
बिहीबारको पहिलो खेलमा पोखराले दिएको १ सय ३३ रनको लक्ष्य विराटनगरले ४ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।
तेस्रो जितसँगै विराटनगरको प्लेअफ पुग्ने सम्भावना कायम छ। समान ३ खेलमा जित र हार भोगेको विराटनगरले अंक तालिकामा ६ अंक जोडेको छ। लिग चरणको अन्तिम खेलमा विराटनगरले लुम्बिनी लायन्सविरुद्ध खेल्नेछ।
विराटनगरका लागि बसिर अहमदले ३७ र लोकेश बमले ३३ रन बनाए। सेहान जयासुर्या १७ र इसुरु उडाना २५ रनमा अविजित रहे। पोखराका लागि रमेश मेन्डिस र कुशल भुर्तेलले समान २ विकेट लिए। विपिन खत्री र धनन्जय लक्षणले समान १ विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा त्यसअघि टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १ सय ३२ रनमा अलआउट भयो।
पोखरालाई कम स्कोरमा रोक्न सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। आफ्नो टी–२० करियरको उत्कृष्ट बलिङ गरेका सन्दीपले जारी एनपीएलमा पहिलो ह्याट्रिक विकेट लिएका हुन्। सन्दीपले १५ औँ ओभरमा ह्याट्रिक विकेट लिएका थिए।
सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चेर ६ विकेट आफ्नो नाममा गरे। उनले १५ औँ ओभरको तेस्रो बलमा युवराज शर्मा, चौथो बलमा चमिका करुणारत्ने र पाचौँ बलमा किरण ठगुन्नालाई पेभेलियनको बाटो देखाउँदै सन्दीपले ह्याट्रिक विकेट लिएका थिए।
त्यसअघि ११ औँ ओभरको दोस्रो बलमा सन्नी विके र चौथो बलमा रमेश मेन्डिसलाई आउट गरेका थिए। सातौँ ओभरको दोस्रो बलमा अर्जुन घर्तिलाई आउट गराएका थिए। सन्दीपले यसअघि कर्णाली याक्ससाग १ विकेट मात्र लिएका थिए। एगेंलो म्याथुस र रुपेश सिंह, चरिथ असंलकाले समान एक विकेट आफ्नो नाममा गरे।
पोखराका लागि ओपनर युवराज शर्माले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ४७ बलमा ७ चौका र ५ छक्का सहयोगमा ८४ रन बनाउदा सन्दीपको बलमा उडानाको हातबाट क्याच आउट भए।
धनन्जय लक्षण २२ रनमा रनआउट भए। सन्नी विकेले १२ रन थपे। पोखराका अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।
सन्दीपको उत्कृष्ट प्रदर्शन
एनपिएलमा सन्दीपको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । उनले पोखराविरुद्ध ४ ओभरमा २७ रन खर्चेका थिए। एनपिएलमा यसअघि ४/११ को उत्कृष्ट प्रदर्शन थियो। टि ट्वान्टी करियरमा समेत सन्दीपको यो उत्कृष्ट बलिङ हो। एनपिएलरलमा यसअघि २ खेलाडीले ह्याट्रिक लिएका छन्। यसअघि काठमाडौं गोर्खाजका साहब आलम र लुम्बिनी लायन्सका रोहित पौडेलले ह्याट्रिक लिएका थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भीमफेदी दुर्घटनामा १० जनाको मृत्यु भएको घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त
- काठमाडौँका १७ स्थानमा छठ पूजाको तयारी तीव्र
- मकवानपुरमा इभी गाडी दुर्घटना: दशको मृत्यु, पाँच जना घाइते
- चर्को आवाजविरुद्ध कडा कदम, अनावश्यक ध्वनि आतंकबाट मुक्ति कहिले?
- भाइटीकाको दिन वर्षा गराउने प्रणाली कमजोर हुँदै, बिहीबारदेखि मौसममा सुधार हुने
- फाल्गुनन्दको मार्गदर्शनले समाजलाई एकताबद्ध बनाएको राष्ट्रपति पौडेलको भनाइ
- प्रधानमन्त्री शाहको भाइटीकाको शुभकामना : प्रेम, सद्भाव र एकता बलियो बनाउने पर्व
- आज भाइटीकाको दिन काठमाडौं र भक्तपुरमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
- भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे, बालगोपालेश्वर मन्दिर खुला
- तिहारमा ८० प्रतिशत विदेशी सामानको भर, स्वदेशी उत्पादनको हिस्सा २० प्रतिशतभन्दा कम
प्रतिकृया दिनुहोस