राजस्वका पूर्वमहानिर्देशक ३ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा
- गाउँ सहर संवाददाता
- १ चैत आइतबार, २०८२ | १७:०५:०० मा प्रकाशित
काठमाडाैं । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रतिवादी झलकराम अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्न सहजीकरण गरे वापत उक्त रकम लिएको अख्तियारको आरोप छ।
इन्टरप्राइजेजका संचालक श्रीकृष्ण श्रेष्ठबाट घुस लिँदा विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँग सल्लाह तथा मिलेमतो गरेको पाइएको छ।
श्रीकृष्णले आफू सञ्चालक रहेको एचके इन्टरप्राइजेजको खाताबाट तीन वटा चेकमार्फत २०७९ साउन २४ गते अधिकारीलाई भुक्तानी गरेका थिए। आफ्ना कर्मचारीको नाममा चेक काटेर उनले अधिकारीको खातामा रकम जम्मा गरेको पाइएको छ।
विकास कुमार चापागाईको नाममा ५० लाख रुपैयाँको चेक मार्फत भुक्तानी गरेको पाइएको अख्तियारको दाबी छ। यसरी घुस लिएको रकम उनले भक्तपुरमा जग्गा खरिद गरेर मिलाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
अधिकारीलाई ७० लाख बिगो कायम गरिएको छ। उनलाई घुस रकम भुक्तानी दिने द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी देवेन्द्र केसीलाई २० लाख र बाँकेका रविन्द्र लामिछानेलाई ५० लाख बिगो कायम गरिएको छ।
उनीहरुविरुद्ध सोही रकम बराबरको सम्पत्ति शुद्धीकरणको पनि माग दाबी लिइएको छ। घुस रकमबाट खरिद गरेको जग्गा जफत गर्न पनि अख्तियारको माग छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस