राजनीति
भारतीय प्रधानमन्त्री मोदीको बधाई, नयाँ सरकारसँग सहकार्य गर्ने
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण शनिबार, २०८२ | १९:१६:०० मा प्रकाशित
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोदीले नेपाली दाजुभाइ-दिदीबहिनीले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देखेर खुसी लागेको उल्लेख गरेका छन्।
उनले यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि र गौरवको क्षणका रूपमा बताएका छन्।
भारत नेपालको नजिकको मित्र र छिमेकी भएको बताउँदै प्रधानमन्त्री मोदीले नेपालका जनता र नवनिर्वाचित सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका नयाँ उचाइहरू हासिल गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस