कला

लघुकथा : क्षमता

  • २३ चैत शनिबार, २०८१ | ०६:००:०० मा प्रकाशित

"आज उखानको पाठ पढाउँदा नेपाली गुरुले भन्नुभएको एउटा कुराले चाहिँ मेरो मन खुब छोयो मामु ।" स्कुलबाट घर आएपछि रोहितले निशालाई भन्यो ।

"गुरुले त्यस्तो के कुरा भन्नुभयो र बाबु तिम्रो मन छुने गरेर ?" निशाले जिज्ञासु भावमा सोधिन् ।

"क्या नि मामु, बलेका आगो मात्रै सबैले ताप्छन् रे । हुन पनि हो, हाम्रो बाबा बित्नुभएदेखि हामीलाई सबैले एक्लै त पारेका छन् नि ।" रोहितले गहभरि आँसु पारेर भन्यो ।

रोहितको कुराले निशाको मनमा चसक्क घोच्यो । उनले पछाडि फर्केर सलको फेरले आँसु पुसिन् र भनिन् "यस्ता कुरा मनमा ल्याएर कमजोर हुनुहुँदैन बाबु, ताराहरू जति धेरै भए पनि रातको अन्धकार हटाएर उज्यालो ल्याउने त एक्लो सूर्यले हो नि ।"

बूढानीलकण्ठ, काठमाडौँ ।

तपाईँको मत