कला

लघुकथा : घरदैलो

  • गंगा खड्का
  • ३ मङ्सिर शनिबार, २०७९ | ०६:००:०० मा प्रकाशित

"भोट दिँदा स्वच्छ राजनैतिक छवि भएका मान्छेहरूलाई दिनुपर्छ । मताधिकारबाट कोही पनि वञ्चित हुनुहँदैन ।" मेरा हजुरबुबाले मैले थाहा पाएदेखि नै चुनाव आएपछि सबैलाई भन्नुहुन्थ्यो ।

"यसपटक कसैले पनि भोट हाल्ने होइन है । खाइ न पाइ छालाको टोपी लाई ।" हजुरबाले खबरदारीका साथ घरका सबैलाई यसपटकको चुनावी माहोलमा भन्नुभयो । उहाँले किन यसो भन्नुभएको होला भन्ने कुराले घरमा सबैजना बिलखबन्दमा पर्‍यौँ ।

"हजुरबुबा ! एकाएक हजुरले चुनावी अवधारणा बदल्नुभयो त । भोट हाल्न नजाने उर्दी किन जाहेर गर्नुभएको नि ?" मैले जिज्ञासा राखेँ ।

"घरदैलो कार्यक्रममा आउँदा त आफ्ना कार्यकर्ताको घर र हिँड्नको लागि सजिलो बाटोबाहेक केही देख्दैनन् यिनका आँखाले । यस्ताले चुनाव जितेपछि राम्रो गर्लान् भनेर के आशा राख्न सकिन्छ र ?"

बूढानीलकण्ठ काठमाडौँ ।

तपाईँको मत