साताको पहिलो दिन शेयर बजारमा गिरावट
- गाउँ सहर संवाददाता
- ३ चैत आइतबार, २०८१ | १५:३३:०० मा प्रकाशित

काठमाडौं । यो साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । गत साताको अन्तिम दिन सुधारिने संकेत देखाएको भएपनि यो साताको पहिलो दिनमै ओरालो लागेको छ । आइतबार नेप्से सूचक २१.६३ विन्दुले घटेर २७१४.८५ अंकमा आएर अडिएको छ । यसदिन ६ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । व्यापार बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ।
आज व्यापार समूह चार दशमलव ९२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव २५ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८०, वित्त एक दशमलव ३९, होटल तथा पर्यटन शून्य दशमलव ५३, जलविद्युत् एक दशमलव २९, लगानी एक दशमलव ७२, जीवन बीमा एक दशमलव ०६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०१, लघुवित्त शून्य दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ०४, निर्जीवन बीमा शून्य दशमलव ७२ र अन्य समूह एक दशमलव ५२ प्रतिशतले घटेको छ ।
यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.१९ प्रतिशत बढेको छ । त्यसैगरी, पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै करिब साढे ७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ६६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस