दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- गाउँ सहर संवाददाता
- २५ बैशाख बिहीबार, २०८२ | १६:११:०० मा प्रकाशित
काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजार साढे १२ अंकले घटेको छ । दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार बन्द हुने समयमा दोहोरो अंकले घटेर बन्द भएको हो ।
बिहीबार नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा झरेकोे छ । आज नेप्से सूचक घटेपनि कारोबार रकम पनि बढेको छ । बिहीबार २४६ कम्पनीको तीन करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर ११ अर्ब ६५ करोड रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । बुधबारको बजारमा १० अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।
१३ उपसमूहमध्ये छ वटा उपसमूहको परिसूचक बढेका छन् । यस दिन फाइनान्स समूह सर्वाधिक बढेको छ । यस समूह ४.३० प्रतिशतले बढेको छ । त्यसैगरी, हाईड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुएल फन्ड समूहको सूचक बढेको हो । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन समूह, लगानी, माईक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार उप सूचक घटेको छ ।
यस दिन पाँच वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, छ्याङदी हाईड्रोपावर, ओम मेगाश्री फर्मास्यूटिकल्स र आइसीएफसी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । कारोबारमा आएका कम्पनीहरु मध्येमा सबै भन्दा धेरै मूल्य घट्नेमा सिन्धु विकास बैंक रहेको छ । उक्त कम्पनीको शेयर मूल्य ४.१५ प्रतिशतले घटेको हो ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सानिमा माई हाईड्रो पावर कम्पनीको ६५ करोड ४९ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस