गाउँ सहर

सांग्रिला डेभलपमेन्ट बैंक र स्टे होटल भ्याली भ्यूबीच छुट सम्बन्धि सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबिच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको छ ।

जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट बैंकको डेविड कार्ड वा क्यूआर कोड मार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइने छ ।

यस सम्बन्धि सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्रबहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्कबहादुर शाहीले आइतबार हस्ताक्षर गरेका हुन् । यो सम्झौता दुई वर्षका लागि लागू हुनेछ । यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई फाइदा पुग्ने विश्वास यस बैंकले लिएको छ ।

तपाईँको मत