आजकाे माैसम : चट्याङसहित वर्षा र हिमपातको सम्भावना
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण सोमबार, २०८१ | ०७:३९:०० मा प्रकाशित

काठमाडौं । आज पनि पहाडी भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायूका साथै स्थानीय वायु पनि सक्रिय भएकोले कोशी प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराई र उपत्यकाका केही जिल्लामा भने हुस्सु लागेको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
गत २४ घण्टामा सबैभन्दा धेरै कोशी प्रदेशमा वर्षा भएको छ । मोरङको केराबारी स्टेसनमा गत २४ घण्टामा ४०१.२ मिलिमिटर वर्षा मापन भएको छ ।
आज पनि चट्याङसहित वर्षासँगै हिमपातको पनि सम्भावना भएकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने हँदा सतर्क रहन महाशाखाले अपिलसमेत गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस