नेप्से उकालाे : साढे ११ अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण आइतबार, २०८१ | १५:२७:०० मा प्रकाशित

काठमाडाैँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबार दिन आइतबार बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि लगातार उकालो लाग्दै आएको नेप्सेले यो दिन पनि सोही लय कायम राखेको हो।
आइतबार नेप्से परिसूचक ११.६६ अंक बढेर २,७५५.४० विन्दुमा पुगेको छ। साथै, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक, फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेका छन्।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ८ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा आइतबार ३२८ कम्पनीका १ लाख ८ हजार ९१३ पटकको कारोबारमा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ७० रुपैयाँ ९० पैसा बढेर ७८० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। यस्तै, कुमारी सबल योजनाको इकाईमूल्य करिब १० प्रतिशतले उकालो लागेको छ भने छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतले बढेको छ। अर्कोतर्फ, रिभर फल्स पावरको शेयरमूल्य सबैभन्दा धेरै ७.२४ प्रतिशतले घटेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.५ प्रतिशतभन्दा बढी र पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतले ओरालो लागेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पशुपतिनाथ वरपर मासु र मदिरा निषेध
- सुशासन र समृद्धिको यात्रामा साथ दिनुहाेस् - प्रधानमन्त्री
- सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई स्टे होटलमा छुट
- अर्थमन्त्री पौडेल नियमित काममा
- माओवादीले आफ्नो कित्ता क्लियर गरोस् - गाेकुल बास्काेटा
- पाथीभरा केवलकार बहस : पक्ष र विपक्षमा सांसदहरू
- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेलमा आज नेपाल र म्यानमार भिड्दै
- पाथीभरा केबलकार निर्माणकाे निरन्तर बिराेधपछि फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी
- फुङलिङ तनावग्रस्त: आन्दोलनकारीद्वारा प्रहरी र सर्वसाधारणका घरमा बलिरहेको राँको प्रहार
- प्रधानमन्त्री ओलीको 'भ्युटावर' विकास मोडलमा गम्भीर त्रुटि छ
प्रतिकृया दिनुहोस