जागरण अभियान भन्दै प्रचण्डसहित नेताहरू पुगे झापा
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण सोमबार, २०८१ | १०:०६:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गर्दै छ।
अभियानको शुरुवात झापाबाट हुँदैछ। ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’को उद्घाटनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू हिजै झापा पुगि सकेका छन्।
दिउँसो १२ बजे कचनकवल गाउँपालिका–७बनियानी बजारमा अभियानको औपचारिक उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष समेत रहेका झापाका युवा नेता रन्जित तामाङले जानकारी दिए।
माओवादीको गत पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सुरु हुन लागेको अभियान अन्तरगत भोलि मोरङ, १५ गते सुनसरी हुँदै १६ गते मधेस प्रदेशको सप्तरीमा कार्यक्रम हुनेछ।
मधेसका सबै जिल्लाहरु सकेर बागमतीको चितवन हुँदै गण्डकीको नवलपरासीमा सन्चालन हुने अभियान लुम्बिनी हुँदै चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ।
अभियानको क्रममा मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति–कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने, माओवादी पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझाव सङ्कलन गर्ने लक्ष्य रहेको माआवादीले जनाएको छ।
यस्तो छ माओवादीको जागरण अभियानको तालिका
प्रदेश नं– १
झापा– फागुन –१२ गते
मोरङ– फागुन १३ गते
सुनसरी – फागुन १५ गते
मधेश प्रदेश
सप्तरी – फागुन १६ गते
सिरहा – फागुन १७ गते
धनुषा – फागुन १८ गते
महोत्तरी – फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते
बागमती प्रदेश
चितवन– फागुन २५ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
रुपन्देही–फागुन २८ गते
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते
सुदुरपश्चिम प्रदेश
कैलाली–चैत्र ६ गते
कञ्चनपुर– चैत्र ७ गते

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सङ्घीय संसदमा यी विषयमा छलफलकाे कार्यसूची, अवरोध जारी राख्ने विपक्षीकाे तयारी
- यातायात बन्द फिर्ता, यस्ताे भयाे सहमति
- करण केसीकाे उत्कृष्ट ब्याटिङमा नेपालको कीर्तिमानी जित
- सार्वजनिक यातायात नचल्दा यात्रीहरुलाई सास्ती
- काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
- कमल थापा पक्राउपछि लिङ्देनको दिए यस्ताे चेतावनी
- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै
- कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरू
- पेट्रोल, डिजेल/मट्टितेलकाे मूल्य बढ्यो, हवाई इन्धनको भने घट्याे
- शनिबार राति यस्ताे माैसमः एक-दुई स्थानमा मेघगर्जन/चट्याङ
प्रतिकृया दिनुहोस