माओवादीले आफ्नो कित्ता क्लियर गरोस् - गाेकुल बास्काेटा
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण आइतबार, २०८१ | १५:३७:०० मा प्रकाशित
काठमाडौँ । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लाई लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो भन्दै प्रश्न समेत गरे । उनले पछिल्लो समय वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बल्न लागेको हो कि भन्दै आशंका व्यक्त गरे ।
उनले भने ‘के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ? बामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो ? सहमति त्यसमा हो यदा गर्नुहोला त्यो चुल्होमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन । भ्रममा नरहनुहोला ।’
उनले माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस