बझाङमा जीप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १९ पौष शुक्रबार, २०८१ | ०७:५७:०० मा प्रकाशित
काठमाडाैं । बझाङमा भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुरतिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीको छोरी पाँच वर्षीया आकृती धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए ।
दुर्घटना भएको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटना स्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
यस्तै, शुक्रबार राति नै करिब नौ बजेतिर मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरी सहायक निरिक्षक जय बहादुर डाँगाले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
- बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब लाग्ने तर सरकारसँग छैन पैसा
- सर्वोच्च बारमा पाेखरेल नेतृत्वकाे लोकतान्त्रिक समूह विजयी
- के छ त आजकाे माैसम पूर्वानुमान
- विपदले १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी, कति भयाे अहिलेसम्म भुक्तानी ?
- कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसदमा १३ जनवरीमा सम्बोधन गर्ने
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान
- सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरै भर्ना खुल्यो
- मुगुमा भूकम्पको धक्का, पश्चिम नेपालमा दिनहुँजसाे !
- भुक्तानी नगरेकाे भन्दै निर्माण व्यवसायी महासंघ निर्णायक आन्दोलनकाे तयारीमा
प्रतिकृया दिनुहोस