ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान
- गाउँ सहर संवाददाता
- १९ पौष शुक्रबार, २०८१ | १८:१०:०० मा प्रकाशित

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रममा ७५७ रक्तदाताले रक्तदान गरेका छन्। साथै, ११९ जनाको आँखा जाँच र २०० जनाको रक्तचाप तथा मधुमेह परीक्षण गरिएको थियो।
बैंकले यस कार्यक्रम अन्तर्गत मुलुकका सातवटै प्रदेशमा एकसाथ रक्तदान, आँखा जाँच, र स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको हो। यसका साथै, ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै समाजका विभिन्न वर्गका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिइरहेको छ।
बैंकले हालसम्म १,१०० भन्दा बढी सेवा केन्द्रहरुमार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस