के छ त आजकाे माैसम पूर्वानुमान
- गाउँ सहर संवाददाता
- २१ पौष आइतबार, २०८१ | ०६:०७:०० मा प्रकाशित
काठमाडाैं । पश्चिमी वायुको सामान्य प्रभावले हाल सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल उपत्यका, मध्य र पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
सोमबार भने गण्डकी, कर्णाली र सुदूरपश्चिम हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडौंमा धेरैबेर भूकम्पको धक्का
- आज कतिकाे वर्षाको सम्भावना ? यस्ताे छ माैसम पूर्वानुमान
- स्पष्टीकरण साेधिएका कुलमानले जवाफ देलान् कि राजीनामा ?
- २० औं लेखनाथ महोत्सवको आकर्षण बन्दै बुद्धको प्रतिमा
- कति बढ्याे सार्वजनिक यातायातकाे भाडा ?
- रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै
- चिसोले जनजीवन प्रभावित, सतर्कता अपनाउन चिकित्सकको आग्रह
- उच्च हिमाली भेगमा हिउँ पर्ने, पानी पर्ने पनि सम्भावना
- के अब थामिएला शेयरबजार घट्नेक्रम ?
- रविसहित ३९ जनाविरुद्ध १ अर्ब साढे १९ करोड बिगो दाबीसहित अदालतमा मुद्दा
प्रतिकृया दिनुहोस