गाउँ सहर

मुगुमा भूकम्पको धक्का, पश्चिम नेपालमा दिनहुँजसाे !

काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्ग गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पछिल्लो समय दिनहुँजसो भूकम्प/परकम्पको विवरण सार्वजनिक गरिरहेको छ । पुस महिना लागेयता शुक्रबार बिहानसम्म मात्र केन्द्रले ११ भूकम्प/परकम्पको विवरण सार्वजनिक गरेको छ ।

यी ११ मध्ये सबैभन्दा ठूलो पुस ६ गते बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएको ५.२ म्याग्निच्युडको भूकम्प थियो । सबैभन्दा सानो पुस १४ गते बिहान ५ बजेर ९ मिनेटमा कालीकोटको ओडानकु आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का थियो । अरू नौ भूकम्प/परकम्प पनि ३.७ देखि माथि र ५ म्याग्निच्युडभन्दा मुनिका छन् ।

केन्द्रले सार्वजनिक गरेको विवरणानुसार, पुस २ गते बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पछिल्लो समय दिनहुँजसो भूकम्प/परकम्पको विवरण सार्वजनिक गरिरहेको छ । पुस महिना लागेयता शुक्रबार बिहानसम्म मात्र केन्द्रले ११ भूकम्प/परकम्पको विवरण सार्वजनिक गरेको छ ।

यी ११ मध्ये सबैभन्दा ठूलो पुस ६ गते बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएको ५.२ म्याग्निच्युडको भूकम्प थियो । सबैभन्दा सानो पुस १४ गते बिहान ५ बजेर ९ मिनेटमा कालीकोटको ओडानकु आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का थियो । अरू नौ भूकम्प/परकम्प पनि ३.७ देखि माथि र ५ म्याग्निच्युडभन्दा मुनिका छन् ।

नेपालमा हाल १.५ वा २ म्याग्निच्युडदेखि माथिका भूकम्प मापन हुन्छ । त्यसका निम्ति देशभर ४२ स्टेसन छन् । केन्द्रले सबै धक्काको विवरण सार्वजनिक गर्दैन । अर्थात्, केन्द्रले ४ आसपास वा त्यसदेखि माथिका भूकम्प/परकम्पको विवरण मात्र सार्वजनिक गर्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत