आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
- गाउँ सहर संवाददाता
- १७ पौष बुधबार, २०८१ | ०६:५३:०० मा प्रकाशित
काठमाडौं । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।
नेपाली युवाले विर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान
- सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरै भर्ना खुल्यो
- मुगुमा भूकम्पको धक्का, पश्चिम नेपालमा दिनहुँजसाे !
- भुक्तानी नगरेकाे भन्दै निर्माण व्यवसायी महासंघ निर्णायक आन्दोलनकाे तयारीमा
- २०औं लेखनाथ महोत्सव सुरु, पर्यटन र स्थानीय उत्पादनलाई महत्त्व दिन मुख्यमन्त्री पाण्डेकाे आग्रह
- बझाङमा जीप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु
- आज कहाँ कस्ताे माैसम रहला ?
- प्रदेश सरकारले नीतिगत भ्रष्टाचार गरेको मेयर बालेनको आरोप
- ग्लोबल आइएमई बैंकले १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरूलाई सम्मान गर्याे
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
प्रतिकृया दिनुहोस