ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
- गाउँ सहर संवाददाता
- १८ पौष बिहीबार, २०८१ | १९:३३:०० मा प्रकाशित
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रबेश गरेको छ । सोहि अवसरमा यो योजना पौष १८ गते विहिबारदेखि माघ १८ शुक्रबारसम्म संचालनमा ल्याएको छ ।
यस उपहार योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकमा आवद्ध भएका तर हाल सम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजनाअवधीमा रु. १८० वा सो भन्दाबढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोड मार्फत् प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक रु. १८० क्यास्ब्याक प्राप्त गर्नेछन् र योजनाअवधिभर क्यूआर कोड मार्फत भुक्तानी लिने मर्चेन्टहरु मध्य प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन् । योजना अवधिभरमा ४ जना मर्चेन्टहरुले स्मार्टफोन जित्नेछन् ।
साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधी भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन् ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपदले १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी, कति भयाे अहिलेसम्म भुक्तानी ?
- कांग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसदमा १३ जनवरीमा सम्बोधन गर्ने
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान
- सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरै भर्ना खुल्यो
- मुगुमा भूकम्पको धक्का, पश्चिम नेपालमा दिनहुँजसाे !
- भुक्तानी नगरेकाे भन्दै निर्माण व्यवसायी महासंघ निर्णायक आन्दोलनकाे तयारीमा
- २०औं लेखनाथ महोत्सव सुरु, पर्यटन र स्थानीय उत्पादनलाई महत्त्व दिन मुख्यमन्त्री पाण्डेकाे आग्रह
- बझाङमा जीप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु
- आज कहाँ कस्ताे माैसम रहला ?
- प्रदेश सरकारले नीतिगत भ्रष्टाचार गरेको मेयर बालेनको आरोप
प्रतिकृया दिनुहोस