खेल

कर्णालीलमाथि जितका लागि चितवनले पायाे १७६ रनको लक्ष्य

काठमाडाैं । जयकिसन कोल्सावाला र विलियम बसिस्टोको अर्धशतकमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा जितका लागि चितवन राइनोजसामु १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेका हो। 
पाचौँ विकेटका लागि विलियम बसिस्टो र चान्डविक वाल्टनले ६७ रनको साझेदारी गरे। विलियन ५२ रन बनाउँदै सोहेल तनविरको बलमा बोल्ड आउट भए। उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। 
चान्डविक ४६ सोमपाल कामी शुन्य रनमा नटआउट रहे। चान्डविकले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। 
ओपनर जयकिसन कोल्सावाला ५३ रन बनाउँदै क्याच आउट भए। १३ औ ओभरको चौथो बलमा जयनकिसन रवि वोपाराको बलमा शरख भेषावकरको हातबाट क्याच आउट भए। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले ३६ बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। उनी मंगलबार मात्र नेपाल आइपुगेका हुन्।  

जिसन मक्सुद १४ रनमा क्याच आउट भए। १२ बलमा १ चौका र १ छक्का हानेका मक्सुद शरद भेषावकरको बलमा रन्जित कुमारको हातबाट क्याच आउट हुन पुगे। 
देव खनाल ३ रनमा रनआउट भए। रित गौतम र गुल्सन झा शुन्य रनमा नै आउट भए। 
चितवनका लागि सोहेल तनविरले दुई विकेट लिए। शरद भेषावकर, रवि बोपारा र कुशल मल्लले समान एक विकेट आफ्नो नाममा गरे। 
यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान स्थान बनाउनेछ। पराजित हुने टोली भने प्लेअफ बाटै बाहिरिनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत