स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन परिपत्र
- गाउँ सहर संवाददाता
- ३ पौष बुधबार, २०८१ | १०:१७:०० मा प्रकाशित
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेका हुन् । विशेष गरेर नर्सिङको सेवा सुविधाबारे मन्त्रालयमा गुनासो आएपछि परिपत्र जारी गरिएको महाशाखा प्रमुख डा. पाण्डेले बताए ।
यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उनले जानकारी दिए ।
स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कल शैक्षिक लब्धाङ्कपत्र कार्यालयमा राख्न नपाइनेजस्ता कार्य गर्न पनि अस्पतालहरूलाई निर्देशन दिइएको छ ।
यस्तै कार्य गरिसकेपछि अनुभवको पत्र प्रदान गर्नुपर्ने र नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत परिपत्र गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको प्रतिबद्धता : त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउनेछ
- कर्णालीलमाथि जितका लागि चितवनले पायाे १७६ रनको लक्ष्य
- कर्णालीमाथि जितका लागि चितवनले पायाे १७६ रनको लक्ष्य
- तीन महिनामा विद्युत प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
- एनपीएल : प्लेअफका २ खेल हुँदै, पहिलाे खेलमा चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा
- एनपीएलकाे पुरस्कार घाेषणा : विजेताले १ करोड १० लाख रुपैयाँ पाउने, चाैथाेले कति ?
- एनपीएलकाे पुरस्कार घाेषणा : विजेताले १ करोड १० लाख रुपैयाँ पाउने, चाैथाेले कति ?
- एसिसी यु-१९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सेमिफाइनलमा
- घट्याे काराेबार रकम, नेप्सेमा पनि सामान्य अंककाे वृद्धि
- प्रधानमन्त्री ओलीकाे भाषण : भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ
प्रतिकृया दिनुहोस