कर्णालीमाथि जितका लागि चितवनले पायाे १७६ रनको लक्ष्य
- गाउँ सहर संवाददाता
- ३ पौष बुधबार, २०८१ | १०:५०:०० मा प्रकाशित
काठमाडाैं । जयकिसन कोल्सावाला र विलियम बसिस्टोको अर्धशतकमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा जितका लागि चितवन राइनोजसामु १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेका हो।
पाचौँ विकेटका लागि विलियम बसिस्टो र चान्डविक वाल्टनले ६७ रनको साझेदारी गरे। विलियन ५२ रन बनाउँदै सोहेल तनविरको बलमा बोल्ड आउट भए। उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
चान्डविक ४६ सोमपाल कामी शुन्य रनमा नटआउट रहे। चान्डविकले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
ओपनर जयकिसन कोल्सावाला ५३ रन बनाउँदै क्याच आउट भए। १३ औ ओभरको चौथो बलमा जयनकिसन रवि वोपाराको बलमा शरख भेषावकरको हातबाट क्याच आउट भए। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले ३६ बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। उनी मंगलबार मात्र नेपाल आइपुगेका हुन्।
जिसन मक्सुद १४ रनमा क्याच आउट भए। १२ बलमा १ चौका र १ छक्का हानेका मक्सुद शरद भेषावकरको बलमा रन्जित कुमारको हातबाट क्याच आउट हुन पुगे।
देव खनाल ३ रनमा रनआउट भए। रित गौतम र गुल्सन झा शुन्य रनमा नै आउट भए।
चितवनका लागि सोहेल तनविरले दुई विकेट लिए। शरद भेषावकर, रवि बोपारा र कुशल मल्लले समान एक विकेट आफ्नो नाममा गरे।
यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान स्थान बनाउनेछ। पराजित हुने टोली भने प्लेअफ बाटै बाहिरिनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल: चितवनलाई हराउँदै कर्णाली याक्स क्वालिफायरमा
- प्रधानमन्त्रीको प्रतिबद्धता : त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउनेछ
- कर्णालीलमाथि जितका लागि चितवनले पायाे १७६ रनको लक्ष्य
- स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन परिपत्र
- तीन महिनामा विद्युत प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
- एनपीएल : प्लेअफका २ खेल हुँदै, पहिलाे खेलमा चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा
- एनपीएलकाे पुरस्कार घाेषणा : विजेताले १ करोड १० लाख रुपैयाँ पाउने, चाैथाेले कति ?
- एनपीएलकाे पुरस्कार घाेषणा : विजेताले १ करोड १० लाख रुपैयाँ पाउने, चाैथाेले कति ?
- एसिसी यु-१९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सेमिफाइनलमा
- घट्याे काराेबार रकम, नेप्सेमा पनि सामान्य अंककाे वृद्धि
प्रतिकृया दिनुहोस