खेल

एनपीएलकाे पुरस्कार घाेषणा : विजेताले १ करोड १० लाख रुपैयाँ पाउने, चाैथाेले कति ?

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) को विजेताले १ करोड १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार विजेता/उपविजेतासँगै तेस्रो र चौथो स्थान हासिल गर्नेको पुरस्कार राशिबारे जानकारी दिएको हो । 

क्यानका अनुसार उपविजेता हुने टोलीले ५१ लाख रुपैयाँ पाउनेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्नेले २५ लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले १५ लाख रुपैयाँ पाउनेछ ।

यसअघि क्यानले उत्कृष्ट नेपाली खेलाडीलाई कार दिने बताइसककेको छ।

यसबाहेक क्यानले प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई ५० हजार र क्याच अफ दी म्याच हुनेलाई २५ हजार प्रदान गर्दै आएको छ।

एनपिएल अन्तर्गत लिग चरणका कुल २८ खेल सकिएका छन। २८ खेल सकिंदा प्ले अफमा पुग्ने चार टिमको टुङ्गो लाग्दा चार टिम लिग चरणबाट बाहिरिएका छन।

सबैभन्दा बढी ६ जित सुदुरपश्चिम रोयल्सले हात पारेकाे छ । सातमध्ये एक खेल हारेको सुदरले १२ अंकका साथ शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनायो। जनकपुर रोयल्सले ५ जित र दुई हार सहित १० अंक बनायो।

जनकपुरले पहिलो क्वालिफायरमा सुदरसँग खेल्नेछ। चितवन राइनोज, कर्णाली याक्स र काठमान्डु गुर्खाजले समान ४ खेल जित्दै ८/८ अंक छ ।

रन रेटमा चितवन तेस्रो र कर्णाली चौथो हुँदै प्ले अफमा पुगेको‌ हो । कम रन रेटको आधारमा काठमान्डु गुर्खाज भने लिग चरणबाट नै बाहिरिएको थियो।

लिग चरणको खेल सकिएसँगै अब इलिमिनेटर र क्वालिफायर चरणको खेल हुनेछ । पुस ६ मा हुने फाइनलले ऐतिहासिक एनपीएल च्याम्पियनको छिनोफानो लाग्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत