गाउँ सहर

एनपीएल : प्लेअफका २ खेल हुँदै, पहिलाे खेलमा चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । प्लेअफका २ खेल सम्पन्न भएपछि फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।

पहिलो खेलमा विहान ९ बजे चितवन राइनोज र कर्णाली याक्स खेलिरहेका छन् । खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गरिरहेकाे छ। 

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित टोली भने प्लेअफबाटै बाहिरिनेछ।  

यस्तै आज १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पनि भिड्दैछन् ।

शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरको विजेता फाइनल पुग्ने छ । भने हार्ने टिमले दोस्रो क्वालिफायरका लागि चितवन र कर्णालीको खेलको विजेतासँग खेल्नुपर्ने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत