गाउँ सहर
२६ वर्षअघिदेखि सबैकी दिदी बनेकी अञ्जलीले लगाइदिइन् सामूहिक भाइटीका
- गाउँ सहर संवाददाता
- १८ कार्तिक आइतबार, २०८१ | १९:००:०० मा प्रकाशित
काठमाडौं । अञ्जली दिदीले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् ।
२६ वर्षअघि अर्थात विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले आइतबार काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी हुन् ।
आफूले यही स्थानमा निरन्तर २६ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै उनले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएकोे बताइन् ।
अञ्जली दिदीले निरन्तर आफूसँग तिहारका टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गरेकी थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस