अर्थतन्त्र

नेप्सेमा उच्च अंकको गिरावट, ८ अर्ब करोडको सेयर कारोबार

काठमाडाैं । सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंककाे गिरावट आएकाे छ । साताको पहिलो दिन नेप्से ४७.४४ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १.७२ प्रतिशतले घटेर २६९७.९१ विन्दुमा बन्द भएको हो ।

दसैं बिदापछि खुलेको सेयर बजार ४ कारोबार दिन यता लगातार बढेको थियो । तर पाँचौ कारोबार दिनमा भने दोहोरो अंकले घट्यो ।

आज १८ कम्पनीको सेयर मूल्य बढ्यो भने २२६ कम्पनीको मूल्य घट्यो । कुल २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर किनबेच भए ।

आज ८८ हजार ७१४ पटकको सेयर किनबेचबाट ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ । कुल १३ उपसमूहमध्ये म्युचअल फन्ड स्थिर रह्यो भने अन्य सबै उपसमूह घटे ।

गाउँ सहर संवाददाता

तपाईँको मत