नेप्सेमा २५ अंककाे सुधार
- गाउँ सहर संवाददाता
- ६ कार्तिक मंगलबार, २०८१ | १६:२०:०० मा प्रकाशित
काठमाडौं । अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार मंगलबार २५.८८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ । नेप्सेका अलवा सबै सेक्टरका सूचक बढे । बजारको अंक बढ्दा कारोबार रकम भने घटेको छ ।
अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा खुम्चियो । १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो ।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूह ०.९० प्रतिशत बढे ।
रावा इनर्जीको मूल्य ८.८६ प्रतिशत बढ्यो । मनकामना इन्जिनियरिङको ७.८२, थ्रीस्टार हाइड्रोपावरको ६.३६, माहुली लघुवित्तको ६.१० तथा मैलुङखोला जलविद्युतको ६.०९ प्रतिशत मूल्य बढ्यो ।
विन नेपाल लघुवित्तको मूल्य ४.७५ तथा सिकलेस हाइड्रोपावरको २.५० प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर र एसबीआई बैंक क्रमशः अगाडि रहे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाढीपहिराेबाट प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण
- जोडियो खुर्कोट-रामेछाप बेलिब्रिजले वीपी राजमार्ग, खैरेनीकाे पुल निर्माणका लागि ध्यानाकर्षण
- पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई नगद पुरस्कार
- पछिल्लाे दुई महिनामा बैंकहरूले साढे १७ अर्ब बढी नाफा आर्जन गरे, कसले-कति कमाए ?
- एकदुई स्थानमा हल्का हिमपात हुने
- नेपालले माल्दिभ्सलाई ११-० को फराकिलो अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लियाे
- शेयरबजार : पाँच अर्ब ९० करोडको कारोबार भएपनि नेप्से परिसूचक ५८ अंकले घट्याे
- ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठूलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता
- नेपालको सार्वजनिक ऋण कुल २५ खर्ब २३ अर्ब ३ करोड ९३ लाख पुग्याे
- नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप, अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी
प्रतिकृया दिनुहोस