जोडियो खुर्कोट-रामेछाप बेलिब्रिजले वीपी राजमार्ग, खैरेनीकाे पुल निर्माणका लागि ध्यानाकर्षण
- गाउँ सहर संवाददाता
- ६ कार्तिक मंगलबार, २०८१ | १६:२८:०० मा प्रकाशित

काठमाडौं । असोज दोस्रो साताको भारी वर्षापछिको बाढी-पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको छ ।
सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । सुनकोशी नदीमा पुल बाढीले बगाएपछि दुई साताभित्रै बेलिब्रिज हाल्ने काम सोमबार सेनाले सकेको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट सवारीसाधन सञ्चालन आएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले बेलिब्रिज पुलको उद्घाटन मंगलबार उद्घाटन गरेका हुन् । गत असोज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीले सुनकोशी नदीको पुल रामेछापतर्फ ५१ मिटर बगेपछि बेलिब्रिज राखिएको हो ।
बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान गरिएकाे छ ।
राज्य मन्त्री तामाङ पुल निर्माणमा अहोरात्र खटेर हेटौँडा र जलेश्वरमा रहेको बेलिब्रिज निर्माणका सामाग्री निर्माण सामाग्री खुर्कोट ल्याउन लगाएर निर्माण स्थलमै जुटेका थिए ।
भारवहन क्षमता जाँच सफलता पूर्वक सम्पन्न भएपछि बेलिब्रिजबाट यातायात सञ्चालन गर्न लागिएको हो । बाढीले सुनकोशीको पुल बगाउँदा रामेछाप आवतजावत गर्न वैकल्पिक सडक दोलखा हुँदै र सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्नु परेको थियो । बेलिब्रिज पुल एकतर्फी सञ्चालन हुनेछ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ को बेतिनी जोड्ने करिब १८ करोडको लागतमा १० वर्षअघि बनेको सुनकोशीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो ।
रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि सुनकोसी नदीको पुलले सहज पार्दै आएको छ ।
खैरेनीकाे पुल निर्माणका लागि ध्यानाकर्षण
भैतिक पूर्वाधार तथा यातायात ब्यबस्था मन्त्री देवेन्द्र दाहाललाई नेकपा (एमाले) खाँडादेवी गाउँपालिका कमिटी, सुनापती गाउँपालिका कमिटी र दोरम्बा शैलुङ गाउँपालिका कमिटीको तर्फबाट खैरेनीघाटको पुल तत्कालको लागी बेलिबृज र दीर्घकालीनका लागी पक्की पुल पुनर्निर्माण गर्नको संयुक्त रुपमा ध्यानाकर्षण गराएकाे छ ।
उर्जा जलश्रोत तथा सिंचाइ राज्यमन्त्री तामाङसहितकाे उपस्थितमा नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङेल, जिल्ला इन्चार्ज कमल चौलागाईं, संगठन विभाग सचिव माधव ढुङेल, जिल्ला पार्टी अध्यक्ष पुरुसोतम कडेरिया लगायत पदाधिकारी र सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस