नेपालको सार्वजनिक ऋण कुल २५ खर्ब २३ अर्ब ३ करोड ९३ लाख पुग्याे
- गाउँ सहर संवाददाता
- ५ कार्तिक सोमबार, २०८१ | ११:११:०० मा प्रकाशित
काठमाडौँ । नेपालको सार्वजनिक ऋण कुल २५ खर्ब २३ अर्ब ३ करोड ९३ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा नेपालको सार्वजनिक ऋण कुल २५ खर्ब २३ अर्ब ३ करोड ९३ लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुगेको हो ।
कार्यालयकाअनुसार चालु आर्थिक वर्षको साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ बराबर रहेको सार्वजनिक ऋण तीन महिनाको अवधिमा १ खर्ब ३६ अर्ब ३१ करोड ८१ लाखले वृद्धि भएको हो ।
सरकारले चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ६९ अर्ब ३ करोड ३ लाख रुपैयाँ सार्वजनिक ऋण भुक्तानी समेत गरेको कार्यालयले जनाएको छ ।
कुल सार्वजनिक ऋणमध्ये १२ खर्ब ३६ अर्ब ३० करोड १८ लाख रुपैयाँ स्वदेशी र १२ खर्ब ८६ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ विदेशी ऋण रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल गार्हस्थ्य उत्पादनको २१.६७ प्रतिशत स्वदेशी र २२.५६ प्रतिशत ऋण विदेशी छ ।
सरकारले चालु आर्थिक वर्षमा ५४ अर्ब ७० करोड रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । जसमध्ये असोज मसान्तसम्म २४.९२ प्रतिशत लक्ष्य प्राप्ति भएको कार्यालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाढीपहिराेबाट प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण
- जोडियो खुर्कोट-रामेछाप बेलिब्रिजले वीपी राजमार्ग, खैरेनीकाे पुल निर्माणका लागि ध्यानाकर्षण
- नेप्सेमा २५ अंककाे सुधार
- पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई नगद पुरस्कार
- पछिल्लाे दुई महिनामा बैंकहरूले साढे १७ अर्ब बढी नाफा आर्जन गरे, कसले-कति कमाए ?
- एकदुई स्थानमा हल्का हिमपात हुने
- नेपालले माल्दिभ्सलाई ११-० को फराकिलो अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लियाे
- शेयरबजार : पाँच अर्ब ९० करोडको कारोबार भएपनि नेप्से परिसूचक ५८ अंकले घट्याे
- ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठूलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता
- नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप, अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी
प्रतिकृया दिनुहोस