शेयरबजार : पाँच अर्ब ९० करोडको कारोबार भएपनि नेप्से परिसूचक ५८ अंकले घट्याे
- गाउँ सहर संवाददाता
- ५ कार्तिक सोमबार, २०८१ | १५:५५:०० मा प्रकाशित
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ३९ दशमलव ९२ अङ्कमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव १४ अङ्कले ओरालो लागेर चार सय ७६ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
नेप्सेका अनुसार, कूल एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता शेयर रु पाँच अर्ब ९० करोड सात लाख ९१ हजार ४४ मूल्यमा कारोबार भएका छन् ।
विन नेपाल लघुवित्त नौ दशमलव ९८, कर्पोरेट डेभलपमेन्ट बैंक नौ दशमलव ८२, कालिका लघुवित्त पाँच दशमलव ५२, पिपल्स पावर चार दशमलव ८४ र मानुषी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ९९ प्रतिशतले कमाएका छन् ।
यस्तै, न्यादी ग्रुप अफ पावर नौ दशमलव २०, गुडविल फाइनान्स पाँच दशमलव ६५, छ्याङदी हाइड्रोपावर चार दशमलव ७९, इस्टर्न हाइड्रोपावर चार दशमलव ७५ र गुर्खाज फाइनान्सका लगानीकर्ताले चार दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाढीपहिराेबाट प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण
- जोडियो खुर्कोट-रामेछाप बेलिब्रिजले वीपी राजमार्ग, खैरेनीकाे पुल निर्माणका लागि ध्यानाकर्षण
- नेप्सेमा २५ अंककाे सुधार
- पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई नगद पुरस्कार
- पछिल्लाे दुई महिनामा बैंकहरूले साढे १७ अर्ब बढी नाफा आर्जन गरे, कसले-कति कमाए ?
- एकदुई स्थानमा हल्का हिमपात हुने
- नेपालले माल्दिभ्सलाई ११-० को फराकिलो अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लियाे
- ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठूलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता
- नेपालको सार्वजनिक ऋण कुल २५ खर्ब २३ अर्ब ३ करोड ९३ लाख पुग्याे
- नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप, अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी
प्रतिकृया दिनुहोस