पछिल्लाे दुई महिनामा बैंकहरूले साढे १७ अर्ब बढी नाफा आर्जन गरे, कसले-कति कमाए ?
- गाउँ सहर संवाददाता
- ६ कार्तिक मंगलबार, २०८१ | ०९:४०:०० मा प्रकाशित

काठमाडौँ । चालु आर्थिक बर्ष २०८१/८२ को दुई महिनामा वाणिज्य बैंकहरूले साढे १७ अर्ब बढी नाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका दुई महिनामा अर्थात साउन र भदौँ महिनासम्मको अवधीमा हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
बैंकहरूले दुई महिनाको अवधीमा कमाएको उक्त नाफा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधीको तुलनामा १ खर्ब ४ करोड अर्थात ६.३ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको पहिलो दुई महिनामा यी बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए ।
तथ्याङ्क अनुसार साउन र भदौ महिनामा नबिल बैंकले सबैभन्दा बढी अर्थात १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै ग्लोबल आइएमई बैंकले चालु आवको दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
भदौसम्मको तथ्याङ्क अनुसार नेपाल एसविआई बैंकले गत वर्षको तुलनामा सबैभन्दा धेरै नाफा बढाएको छ । यसैगरी कृषि विकास बैंकले पनि ४४ प्रतिशतले नाफा बढाएको छ भने प्रभु बैंकले ३७ प्रतिशत, सानिमा बैंकले ३४ प्रतिशत, सिटिजन्स बैंकले ३३ प्रतिशत र स्ट्यान्डर्ड चाटर्ड बैंकले २५ प्रतिशतले नाफा बढाएका छन् ।
दुई महिनाको अपधीमा एनआइसी एशिया बैंकले ५७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, नेपाल बैंकले ६७ करोड ८२ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
तर २० वाणिज्य बैंकमा ६ वटा बैंकको भने नाफा घटेको छ । एनआइसी एशिया बैंकको नाफा २७ प्रतिशतले घटेको छ । कुमारी बैंक, हिमालयन बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि नाफा ५ प्रतिशतले घटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस