बन्दिपुर हिलले कार्तिक ९ देखि १५ गतेसम्म चाडपर्व उत्सव सञ्चालन गर्दै
- गाउँ सहर संवाददाता
- ४ कार्तिक आइतबार, २०८१ | ११:२५:०० मा प्रकाशित
बन्दीपुर । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा कार्तिक ९ देखि १५ गते सम्म भव्य रुपमा चाडपर्व उत्सव सञ्चालन हुने भएको छ । जसअन्तर्गत पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना बन्दिपुर हिलमा नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको अवसरमा देउसी भैलो प्रतियोगिता हुने भएको छ ।
‘सङ्गीतमा झुम्दै, खानपिनमा रम्दै, चाडपर्व मनाऔँ, चाडपर्व उत्सव–२०८१ मा सहभागी बनौँ’ भन्ने नारा सहित बन्दिपुर केबलकारको प्रवर्द्धक कम्पनी बन्दिपुर हिलले ख्याति प्राप्त कलाकारहरूको साङ्गीतिक कार्यक्रमका साथ यही कार्तिक ९ देखि १५ गतेसम्म बन्दिपुर केबलकारको लोअर स्टेसन, केबलकार चोकमा देउसी–भैलो प्रतियोगिता, टिकटक प्रतियोगिता, फन पार्क, रमाइलो मेला, फुड फेष्टिबल र स्थानीय हाटबजार कार्यक्रम सञ्चालन हुने बन्दिपुर हिलले जनाएको छ ।
देउसी भैलो प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपैयाँ रहेको छ । त्यसै गरी द्वितीय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार तथा सान्त्वना पुरस्कार १० हजार रहेको छ ।
त्यसै गरी चाडपर्व उत्सव अन्तर्गत सञ्चालन हुने टिकटक प्रतियोगितामा बढी शेयर भएको भिडियो, बढी भ्युज भएको भिड्यो र उत्कृष्ट भिडियोलाई जनही १०, १० हजार रुपैयाँ दिइने कम्पनीले जनाएको छ ।
साथै चाडपर्व उत्सव कार्यक्रममा राष्ट्रिय कलाकारहरू आशिस राना (लाहुरे), ज्योति मगर, रचना रिमाल, बिलम राज क्षेत्री, युवराज घर्ती, शान्ता रानी परियार, रेसम निर्दाेश, रूपक डोटेल, विवेक, धिताल, आशा बिसी, राजेश बर्देवा लगायत कलाकारहरूको प्रस्तुति रहनेछ भने नृत्य तर्फ बिनु कार्की, सम्झना गुरुङ, सविता रानाले नृत्य प्रस्तुत गर्नेछन् ।
उक्त कार्यक्रमको प्रायोजकमा बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड तथा प्रवर्द्धकमा ड्राइभ इन रेस्टुरेन्ट र टुरिजम् इन्भेष्टमेन्ट फण्ड लिमिटेड रहेको कम्पनीले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाढीपहिराेबाट प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण
- जोडियो खुर्कोट-रामेछाप बेलिब्रिजले वीपी राजमार्ग, खैरेनीकाे पुल निर्माणका लागि ध्यानाकर्षण
- नेप्सेमा २५ अंककाे सुधार
- पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई नगद पुरस्कार
- पछिल्लाे दुई महिनामा बैंकहरूले साढे १७ अर्ब बढी नाफा आर्जन गरे, कसले-कति कमाए ?
- एकदुई स्थानमा हल्का हिमपात हुने
- नेपालले माल्दिभ्सलाई ११-० को फराकिलो अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लियाे
- शेयरबजार : पाँच अर्ब ९० करोडको कारोबार भएपनि नेप्से परिसूचक ५८ अंकले घट्याे
- ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठूलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता
- नेपालको सार्वजनिक ऋण कुल २५ खर्ब २३ अर्ब ३ करोड ९३ लाख पुग्याे
प्रतिकृया दिनुहोस