गाउँ सहर

मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाको उद्धार

राजविराज । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौ दिन शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा- ७ बाट ४ जना, वडा- ६  बाट ३ जना र  वडा- १ बाट १ गरि ८ जना र त्यस्तै सप्तकोशी नगरपालिका-१ बाट ५ जनाको उद्धार गरिएको छ ।

उद्धार भएका ११ जना पुरुष र २ जना महिलालाई आजै  मानवसेवा आश्रम सर्लाही सेवाकेन्द्रमा गृहप्रवेशका लागि लगिएको छ ।  उद्धार टोली शनिबार लहान र जनकपुरधाम क्षेत्रमा  बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार सेवामा रहनेछ ।

उद्धार यात्रा टोली तथा स्थानीय जनप्रतिनिधिहरुद्वारा शुक्रबार बिहान संयुक्त रुपमा सचेतनामूलक र्‍याली प्रदर्शनसहित राजविराज नगरपालिकाको परिक्रमा गर्दै नगरपालिकाको प्राङ्गणमा जम्मा भई राष्ट्रिय उद्धार यात्राको उद्देश्यबारे जानकारी गराइएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत