विश्व खाद्य दिवस : खाद्य सुरक्षा र पौष्टिक खानामा जोड
- गाउँ सहर संवाददाता
- ३० असोज बुधबार, २०८१ | १२:१४:०० मा प्रकाशित

काठमाडौँ । आज बुधबार विश्व खाद्य दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर १६ मा संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा विश्व खाद्य दिवस मनाइन्छ ।
उक्त सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य दिवस मनाइने गरेको हो । संघको सन् १९४५ अक्टोबर १६मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बीसौँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारेर खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरूप सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ ।
विश्वभरी खाद्यान्न संकट र भोकमरीको विरुद्ध ऐक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाइन्छ ।
यसपाली ‘राइट टु फुड फर अ बेटर लाइफ एन्ड बेटर फ्युटर’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । यसको अर्थ राम्रो जीवन र राम्रो भविष्यका लागि खान पाउने सबैको अधिकार भन्ने लाग्दछ । यो दिन खाद्य सुरक्षा र सबैका लागि पौष्टिक खानामा पहुँच सुनिश्चित गर्नमा जोड दिइन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस