वस्तु आयातमा १.१ प्रतिशतले वृद्धि, निर्यात ५.१ प्रतिशतले घट्याे
- गाउँ सहर संवाददाता
- ३० असोज बुधबार, २०८१ | ०८:५५:०० मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको तथ्याङ्कमा आधारित) सार्वजनिक गरेको छ ।
साेनुसार आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी रु.२५ अर्ब ९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चिया, पार्टिकल बोर्ड, पिना, जुत्ता तथा चप्पल, सोयाविन तेल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, जिंक शिट, पाम तेल, तयारी पोशाक, जडिबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई रु.२६२ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५.१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस, खाने तेल, रासायनिक मल, दूरसंचार उपकरण तथा पार्टस, लसुन लगायतका वस्तुको आयात बढेको छ भने सुन, एम.एस.विलेट, धान तथा चामल, कच्चा पाम तेल, विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको छ ।
यसरी नै निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, तथा नेपालगञ्ज भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, मेची, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०८१/८२ को दुइ महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले वृद्धि भई रु.२३७ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यातआयात अनुपात ९.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.२९ अर्ब ९३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.३२ अर्ब १४ करोड बराबरको भएको राष्ट्र बैंकले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन
- शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा
- जाँदाजाँदै गभर्नर अधिकारीले के दिए आउने गभर्नरलाई सुझाव ?
- राम नवमीमा राम भजन ‘मनमा बसाएर राम’ सार्वजनिक (भिडिओ सहित)
- स्वर्णिम वाग्लेलाई कारबाही गर्न मुकुल ढकालकाे माग
- महानगरकाे सूचना- कुकुर बिरालाे पाल्न वडा कार्यालयमा दर्ता
- थाइल्याण्ड भ्रमणका क्रममा दुईपक्षीय र बहुपक्षीय सहयोग अभिवृद्धिका लागि फलदायी वार्ता
- मिश्र र राणालगायतलाई सरकारले तत्काल निसर्त रिहा गर्नुपर्छ - पशुपति शम्सेर राणा
- पक्राउ परे रवि लामिछाने
- जाजरकाेट केन्द्र भएर ५.२ र ५.५ रेक्टरकाे भूकम्प
प्रतिकृया दिनुहोस