वस्तु आयातमा १.१ प्रतिशतले वृद्धि, निर्यात ५.१ प्रतिशतले घट्याे
- गाउँ सहर संवाददाता
- ३० असोज बुधबार, २०८१ | ०८:५५:०० मा प्रकाशित
काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको तथ्याङ्कमा आधारित) सार्वजनिक गरेको छ ।
साेनुसार आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी रु.२५ अर्ब ९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चिया, पार्टिकल बोर्ड, पिना, जुत्ता तथा चप्पल, सोयाविन तेल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, जिंक शिट, पाम तेल, तयारी पोशाक, जडिबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई रु.२६२ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५.१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस, खाने तेल, रासायनिक मल, दूरसंचार उपकरण तथा पार्टस, लसुन लगायतका वस्तुको आयात बढेको छ भने सुन, एम.एस.विलेट, धान तथा चामल, कच्चा पाम तेल, विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको छ ।
यसरी नै निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, तथा नेपालगञ्ज भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, मेची, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०८१/८२ को दुइ महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले वृद्धि भई रु.२३७ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यातआयात अनुपात ९.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.२९ अर्ब ९३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.३२ अर्ब १४ करोड बराबरको भएको राष्ट्र बैंकले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस