स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
- गाउँ सहर संवाददाता
- ३० असोज बुधबार, २०८१ | १२:२४:०० मा प्रकाशित

स्याङ्जा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने बताएका छन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रुपैयाँको लगानीमा कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताएका हुन् ।
उनले जिल्ला–जिल्लाका व्यवसायीहरूले लगानीका लागि अवसर खोजिरहेकाले त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या नहुने बताएका छन् । अध्यक्ष ढकालले भने, ‘यतिबेला बैंकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’
उनले यो डेढ वर्षको अवधिमा लगानी प्रवर्द्धनका लागि देशभित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफूहरूकै पहलममा सरकारले लगानीमैत्री वातावरण बनाउन ८ वटा कानुन शंशोधन गरेको जानकारी गराए । निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय र कर सम्बन्धी समस्या लगायतका विषयमा आफूहरू निरन्तर लागिरहेको उनले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
प्रतिकृया दिनुहोस