बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो
- गाउँ सहर संवाददाता
- २० असोज आइतबार, २०८१ | ०८:४३:०० मा प्रकाशित
काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
‘बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ’, उनले भने ।
सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।
बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छभने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो संस्करणको एनपिएलको उपाधी जनकपुर बोल्ट्सकाे पाेल्टामा
- एनपीएल फाइनल : सुदूरपश्चिम रोयल्सलाई जित्न जनकपुरले १८५ रन बनाउनुपर्ने
- कार्कीको अध्यक्षतामा पूर्वाधार पत्रकार समाजको नयाँ कार्यसमिति चयन
- एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
- टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र आह्वान
- नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच लगानी विस्तार गर्न समझदारी
- राेमाञ्चक खेलमा कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा
- नेप्से फेरि २६ सय विन्दुमुनि
- कत्राे हाे मनाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्पको धक्का ?
- फाइनलमा काे पुग्ला, जनकपुर की कर्णाली ?
प्रतिकृया दिनुहोस