कार्कीको अध्यक्षतामा पूर्वाधार पत्रकार समाजको नयाँ कार्यसमिति चयन
- गाउँ सहर संवाददाता
- ६ पौष शनिबार, २०८१ | ०९:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजमा नयाँ कार्यसमिति चयन भएको छ । अन्नपूर्ण पोस्ट दैनिककी सुनिता कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । शुक्रबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
समाजको उपाध्यक्षमा कान्तिपुर दैनिकका विमल खतिवडा, सचिवमा क्लिकमाण्डुका दिनेश खड्का, सहसचिवमा न्युज एजेन्सी नेपालका प्रशन्न ढुंगाना तथा कोषाध्यक्षमा हिमा बिक चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा नयाँ पत्रिका दैनिकका पवन तिमल्सिना, प्राइम टीभीका आशुतोष अर्याल, क्यापिटल नेपालकी शर्मिला न्यौपाने, इक्वटी नेपालका निर्दोष घोरासाइने, नेपाल पूर्वाधारकी धना ढकाल, पूर्वाधार वाचका विष्णु गुरागाईं चयन भएको समितिका संयोजक भीम गौतमले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस