एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
- गाउँ सहर संवाददाता
- ६ पौष शनिबार, २०८१ | ०९:११:०० मा प्रकाशित

काठमाडाैं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज (शनिबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछ।
दुई टोली नै उपाधिका लागि भिड्ने भएका छन्।
एनपीएलको लिग चरणदेखि क्वालिफायरसम्म ३१ खेल सम्पन्न भइसकेका छन्। ३२ औँ खेलमा आएर एनपीएलको उपाधि छिनोफानो हुँदैछ।
सुदूरपश्चिमले लिगचरणमा एक मात्रै पराजय व्यहोरेको थियो भने जनकपुर दुई खेलमा पराजित भएको थियो। सुदूरपश्चिम अहिलेसम्म एक खेलमा मात्रै पराजित छ। तर जनकपुर लिगचरणमा दुई र क्वालिफायरमा एक गरी तीन खेलमा पराजित भएको छ।
दुवै टोली चितवनसँग पराजित भएका थिए। जनकपुरले बाँकी दुई खेल सुदूरपश्चिमसँगै हारेको छ।
उपाधिका लागि भिड्नु अघिल्लो दिन दुबै टोलीका कप्तानले पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने योजनामा रहेका बताए। सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदान उत्रदैछ। जनकपुरको कप्तानी आसिफ शेखले र सुदूरपश्चिमको कप्तानी दिपेन्द्रसिंह ऐरिले सम्हाल्नेछन्। तर जनकपुरका कप्तान आसिफका दाजु आरिफ सुदूरपश्चिमबाट खेल्नेछन्।
यसअघि जनकपुरलाई दुई पटक पराजित गरिसकेका सुदूरपश्चिमका कप्तान दिपेन्द्रले अगाडीको खेलमा हराएको भनेर सजिलो रुपमा नलिएको बताएका छन्।
जनकपुर पनि बलियो टोली भएकाले लिग चरणकै जस्तो खेल्ने बताए।
जनकपुरले कप्तानको जिम्मेवारी अनिल साहलाई दिएपनि फाइनलमा भने आसिफले नै सम्हाल्नेछन्। अनिल चोटका कारण आजको टोलीमा हुनेछैनन्।
हातमा चोट बोकेपछि मार्की खेलाडी आसिफले जिम्मेवारी सम्हालिरहेका छन्। आसिफले नतिजाबारे धेरै नसोचेको र मैदानमा राम्रो खेल्ने बताए। ‘शनिबार राम्रो क्रिकेट खेल्छौँ। नतिजाका बारेमा धेरै सोचेका छैनौँ। हामीसँग जे जति छ, त्यो मैदानमा दिन्छौँ’, आसिफले भने।
शनिबारका लागि सबै टिकट विक्री भईसकेको छ। त्यसैले टिकट नभएका दर्शकलाई घरमा नै बसेर क्रिकेट हेर्न दुवै टोलीका कप्तानले आग्रह गरेका छन्।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पनि टिकट विक्रि भइसकेकाले टिकट नपाउनेलाई फाइनल खेल घरमै बसेर हेर्न आग्रह गरेका छन्। आगामी दिनमा स्टेडियमको क्षमता बढाउने पनि पारसले बताएका छन्।
एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
त्यसैगरी उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस