एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
- गाउँ सहर संवाददाता
- ६ पौष शनिबार, २०८१ | ०९:११:०० मा प्रकाशित
काठमाडाैं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज (शनिबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछ।
दुई टोली नै उपाधिका लागि भिड्ने भएका छन्।
एनपीएलको लिग चरणदेखि क्वालिफायरसम्म ३१ खेल सम्पन्न भइसकेका छन्। ३२ औँ खेलमा आएर एनपीएलको उपाधि छिनोफानो हुँदैछ।
सुदूरपश्चिमले लिगचरणमा एक मात्रै पराजय व्यहोरेको थियो भने जनकपुर दुई खेलमा पराजित भएको थियो। सुदूरपश्चिम अहिलेसम्म एक खेलमा मात्रै पराजित छ। तर जनकपुर लिगचरणमा दुई र क्वालिफायरमा एक गरी तीन खेलमा पराजित भएको छ।
दुवै टोली चितवनसँग पराजित भएका थिए। जनकपुरले बाँकी दुई खेल सुदूरपश्चिमसँगै हारेको छ।
उपाधिका लागि भिड्नु अघिल्लो दिन दुबै टोलीका कप्तानले पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने योजनामा रहेका बताए। सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदान उत्रदैछ। जनकपुरको कप्तानी आसिफ शेखले र सुदूरपश्चिमको कप्तानी दिपेन्द्रसिंह ऐरिले सम्हाल्नेछन्। तर जनकपुरका कप्तान आसिफका दाजु आरिफ सुदूरपश्चिमबाट खेल्नेछन्।
यसअघि जनकपुरलाई दुई पटक पराजित गरिसकेका सुदूरपश्चिमका कप्तान दिपेन्द्रले अगाडीको खेलमा हराएको भनेर सजिलो रुपमा नलिएको बताएका छन्।
जनकपुर पनि बलियो टोली भएकाले लिग चरणकै जस्तो खेल्ने बताए।
जनकपुरले कप्तानको जिम्मेवारी अनिल साहलाई दिएपनि फाइनलमा भने आसिफले नै सम्हाल्नेछन्। अनिल चोटका कारण आजको टोलीमा हुनेछैनन्।
हातमा चोट बोकेपछि मार्की खेलाडी आसिफले जिम्मेवारी सम्हालिरहेका छन्। आसिफले नतिजाबारे धेरै नसोचेको र मैदानमा राम्रो खेल्ने बताए। ‘शनिबार राम्रो क्रिकेट खेल्छौँ। नतिजाका बारेमा धेरै सोचेका छैनौँ। हामीसँग जे जति छ, त्यो मैदानमा दिन्छौँ’, आसिफले भने।
शनिबारका लागि सबै टिकट विक्री भईसकेको छ। त्यसैले टिकट नभएका दर्शकलाई घरमा नै बसेर क्रिकेट हेर्न दुवै टोलीका कप्तानले आग्रह गरेका छन्।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पनि टिकट विक्रि भइसकेकाले टिकट नपाउनेलाई फाइनल खेल घरमै बसेर हेर्न आग्रह गरेका छन्। आगामी दिनमा स्टेडियमको क्षमता बढाउने पनि पारसले बताएका छन्।
एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
त्यसैगरी उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस