कत्राे हाे मनाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्पको धक्का ?
- गाउँ सहर संवाददाता
- ४ पौष बिहीबार, २०८१ | १०:३२:०० मा प्रकाशित
काठमाडाैं । मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा लाेकविजय अधिकारीका अनुसार बिहीबार बिहान ७ बजे ३७ मिनेट जाँदा मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको हो।
यसअघि गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर लगातार दुईवटा भूकम्प गएको थियो।
बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड र मंगलबार साँझ ५ बजेर ८ मिनेटमा बझाङकै तलकोट, रुपातोला र धमेनाबीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मनाङ र हिजाे तथा अस्ती बझाङमा गएका भूकम्प ०७२ साल बैशाख १२ गते गाेरखाकाे बारपाक केन्द्रबिन्दु भएर गएका भूकम्पकाे परकम्प हाेइनन्। यी तीनवटै भूकम्प नयाँ हुन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो संस्करणको एनपिएलको उपाधी जनकपुर बोल्ट्सकाे पाेल्टामा
- एनपीएल फाइनल : सुदूरपश्चिम रोयल्सलाई जित्न जनकपुरले १८५ रन बनाउनुपर्ने
- कार्कीको अध्यक्षतामा पूर्वाधार पत्रकार समाजको नयाँ कार्यसमिति चयन
- एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
- टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र आह्वान
- नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच लगानी विस्तार गर्न समझदारी
- राेमाञ्चक खेलमा कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा
- नेप्से फेरि २६ सय विन्दुमुनि
- फाइनलमा काे पुग्ला, जनकपुर की कर्णाली ?
- सुदूरपश्चिम राेयल्स बन्याे एनपिएलकाे फाइनलमा पुग्ने पहिलाे टाेली
प्रतिकृया दिनुहोस