खेल

क्यानडामा ‘लिग टु’ खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आईसीसी विश्व क्रिकेट ‘लिग टु’ अन्तर्गत क्यानडामा हुने प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । मंगलबार आयोजित एक विशेष समारोहका बिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले बिदाइ गरेका हुन् । बिदाइ समारोहमा क्रिकेटर सन्दीप लामिछानेसहितका खेलाडीहरूको सहभागिता रहेको थियो । 

क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको थियो । 

जसमा देव खनाललाई रिजर्भमा समावेश गरिएको छ । टोलीमा विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर रिजन ढकाल पनि १६ मा अटाएका छन् ।

नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । ‘लिग टु’पछि नेपाल, ओमान र क्यानडाबिच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुने छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत