संसदीय छानबिन समितिले लियाे रास्वपा सभापति लामिछानेसँग बयान
- गाउँ सहर संवाददाता
- ७ भदौ शुक्रबार, २०८१ | १९:३२:०० मा प्रकाशित

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अहिले बयान लिएको छ।
शुक्रबार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो। समितिले लामिछानेलाई बयानका लागि दर्जनौं प्रश्न सोधेको छ।
समितिले लिने बयानको पहिलो नम्बरमा आफ्ना नामसहित तीन पुस्ता र परिवारका सदस्यहरुको विवरण, परिवारका कोको सदस्य छन्? तपाईंको शारिरीक अवस्था कस्तो छ ? सोधिएको प्रश्नको उत्तर दिन सक्नुहुन्छ? लगायतका प्रश्न समेटिएका छन्।
समितिले तयार पारेको १६ नम्बरको प्रश्नमा सुप्रिम सहकारीबाट छविलाल जोशीको नाममा २ करोड ५० लाख ऋण खडा गरी गोरखा मिडिया नेटवर्कको नाममा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा पठाउन मिल्छ? भन्ने प्रश्न सोधिएको छ।
जवाफमा लामिछानेले कुनैपनि सहकारीबाट गोर्खा मिडियामा आएको रकममा आफ्नो हस्ताक्षर, नागरिकता लगायतका कुनैपनि कागजात समावेश नभएको बयान दिएका छन्।
समितिका सभापति सूर्य थापाले दिएको जानकारी अनुसार, रविलाई सोध्नका लागि लगभग ५० वटा प्रश्न तयार पारिएका छन्। तीमध्ये झण्डै आधा प्रश्न सोधिएको उनले बताए।
‘सोधपुछ जारी छ। उहाँले आफ्नो विषयहरू चाहे बुटवलको सुप्रिम सहकारी होस् वा चितवनको सहारा सहकारी, चाहे पोखराको सूर्यदर्शन होस् वा काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा आएका, उहाँको नाममा खडा गरिएका ऋण, रकमका सन्दर्भमा आफ्नो हस्ताक्षर, नागरिकता, कागजातसहितका चिज समावेश नभएको स्पष्ट गर्नुभएको छ,’ थापाले भने।
गोर्खा मिडियामा आर्थिक लेनदेनको सबै काम जीबी राईमार्फत नै भएको र आफू प्रशासनिक काममा मात्रै संलग्न रहेको बयान समितिलाई दिएको थापाले बताए।
यसअघि समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको थियो। गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने अझै फरार छन्। उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन
- शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा
- जाँदाजाँदै गभर्नर अधिकारीले के दिए आउने गभर्नरलाई सुझाव ?
- राम नवमीमा राम भजन ‘मनमा बसाएर राम’ सार्वजनिक (भिडिओ सहित)
- स्वर्णिम वाग्लेलाई कारबाही गर्न मुकुल ढकालकाे माग
- महानगरकाे सूचना- कुकुर बिरालाे पाल्न वडा कार्यालयमा दर्ता
- थाइल्याण्ड भ्रमणका क्रममा दुईपक्षीय र बहुपक्षीय सहयोग अभिवृद्धिका लागि फलदायी वार्ता
- मिश्र र राणालगायतलाई सरकारले तत्काल निसर्त रिहा गर्नुपर्छ - पशुपति शम्सेर राणा
- पक्राउ परे रवि लामिछाने
- जाजरकाेट केन्द्र भएर ५.२ र ५.५ रेक्टरकाे भूकम्प
प्रतिकृया दिनुहोस