गाउँ सहर
पक्राउ परे रवि लामिछाने
- गाउँ सहर संवाददाता
- २२ चैत शुक्रबार, २०८१ | २१:२९:०० मा प्रकाशित

सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने पक्राउ परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट पक्राउ परेका हुन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो।
आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
शुक्रबार पक्राउ परेका लामिछानेलाई शनिबार मात्रै रुपन्देही लैजाने प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस