राजनीति

मिश्र र राणालगायतलाई सरकारले तत्काल निसर्त रिहा गर्नुपर्छ - पशुपति शम्सेर राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शम्सेर राणाले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवल शम्सेर राणा लगायत राष्ट्रवादीहरुलाई सरकारले तत्काल निसर्त रिहा गर्नु पर्नेमा जोड दिएका छन् ।

‘संवैधानिक राजसंस्था चाहियो, सनातन हिन्दु अधिराज्य चाहियो, संघीयता खारेजी होस्, भ्रष्टाचार र कुशासनको अन्त्य होस् भनी चैत्र १५ गते नेपाली जनताले गरेको शान्तिपूर्ण कार्यक्रममा सरकारले जनतामाथि गोली चलायो, बर्बरतापूर्वक दमन गर्‍यो । बिना कारण गैरकानुनी रुपमा जनतालाई पक्राउ गर्‍यो,’ राप्रपाका पूर्वअध्यक्ष राणाले भने ।

‘यस सन्दर्भमा म वर्तमान सरकारलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद डा. धवल शम्शेर राणा लगायत अन्य राष्ट्रवादी साथीहरुको निसर्त रिहाइको माग गर्दछु,’ पत्रकारसँगको एक भेटघाट कार्यक्रममा राणाले ।

वरिष्ठ राजनीतिज्ञ राणाले तीनकुने घटनामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नगर्ने सरकारको भूमिकामा आशंका व्यक्त गरे ।

उनले भने, ‘घटनाको सन्दर्भमा एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषी उपर कडा कारवाही गर्न म जोडदार रुपमा आह्वान गर्दछु ।’

राणाले भने, ‘त्यति मात्र हैन, वास्तवमा यस किसीमको आयोग तत्काल गठन भइ, त्यसको निष्कर्ष प्राप्त भएर कारवाही भइसक्नु पर्दर्थ्यो । यस प्रकारको ढिलासुस्तीमा पनि सरकार नै पूर्ण दोषी छ । सरकारको यो पाशविक दमन र बर्बरतापूर्ण कारवाहीको म घोर भत्र्सना गर्दछु ।’

गाउँ सहर संवाददाता

तपाईँको मत