स्वर्णिम वाग्लेलाई कारबाही गर्न मुकुल ढकालकाे माग
- गाउँ सहर संवाददाता
- २३ चैत शनिबार, २०८१ | १९:२७:०० मा प्रकाशित

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री (हाल निलम्बित) डा. मुकुल ढकालले पार्टी उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई कारबाही गर्न माग गरेका छन्।
'देशको सार्वभौमिकतामा बारम्बार प्रहार गर्ने स्वर्णिम वाग्लेलाई कारबाही गरियोस्,' ढकालले फेसबूकमा लेखेका छन्।
अगाडि उनी लेख्छन्- देशभित्रका कुरा देशमै सेटल गर्छौँ, त्यसको लागि लड्छौँ भन्नुको साटो अन्तर्राष्ट्रियकरण गर्छौँ रे। सिधा स्पष्ट भाषामा देशलाई औपनिवेशिकरण गर्ने कुरा गरेका छन्। जत्रो ठूलो समस्या होस्, नेपालको समस्या नेपालीले मिलाउने हो, नेपालीले समाधान गर्ने हो।
वाग्ले र ढकालबीच पहिल्यैदेखि राम्रो सम्बन्ध छैन। पहिले एउटै पार्टीमा उपसभापति र महामन्त्रीको हैसियतमा काम गरे पनि गत असारयता उनीहरूबीच तिक्तता छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस